Logo

समाचार

जनगायक जेबी टुहुरेको निधन, ‘आमा दिदी बहिनी हो’ भन्दै हजारौंलाई कम्युनिष्ट बनाएका थिए उनले



काठमाडौं – जनगायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गीको निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।

गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो।

पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका हुन्।

निम्नमध्यम् वर्गीय परिवारमा जन्मेका उनी बुबाको निधन पछि साँच्चिकै टुहुरो भए पछि उनले नाको पछाडी टुहुरे थपेका हुन्। उनको वास्तविक नाम जुटबहादुर खड्गी हो। सामान्य व्यापारी उनका बुवा व्यापारमा घोडा लिएर हिँड्नु पर्ने हुँदा उनको औपचारिक शिक्षा अघि बढ्न सकेन।

बुबाको निधनपछि साँच्चिकै टुहुरो भएपछि उनले नाको पछाडि टुहुरे थपेका हुन्। उनको वास्तविक नाम जुटबहादुर खड्गी हो। सामान्य व्यापारी उनका बुबा व्यापारमा घोडा लिएर हिँड्नु पर्ने हुँदा उनको औपचारिक शिक्षा अघि बढ्न सकेन।

२० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन्। आमा दिदीबहिनी हो, बोलको गीत उनको बहुचर्चित गीत हो।

सानैबाट गीत गाउनमा माहिर उनी २०१० सालबाट सांगीतिक यात्रा प्रारम्भ गरेका थिए। उनका प्रगतिशिल गीतहरू आज पनि जन–जनका मुखमा झुण्डिरहेका छन्।

राष्ट्रिप्रेम र विद्रोहका भाव उनका गीतले बोकिरहेका छन्। नेकपा माओवादीको जनयुद्धबाटै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेर काम गरेका टुहुरे एक पटक संविधानसभा सदस्य तथा सांसद भएका थिए।

उनको विवाह २०१७ सालमा ‘सुनसरी सिमरियाकी सत्यदेवीसँग मेरो मागी विवाह भएको थियो। टुहुरेले गाउन थालेपछि देशमा धेरै राजनीतिक परिवर्तन भए। देश र माटोका लागि चम्किला तारा भए पनि टुहुरे सधैं ओझेलमै बाँचेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १० भाद्र २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल