Logo

समाज

राति औषधि खाएर सुतेका सिद्धार्थ शुक्ला फेरि कहिल्यै नउठ्ने गरी बिदा भए



काठमाडौं, १७ भदौं – भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। अभिनेता तथा बिगबोस–१३ को बिजेता शुक्लाको गयराति निधन भएको हो।

शुक्लाको हृ,दयुघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको बताइएको छ। बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेको थिए। तर बिहीबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जानकारी दिएको छ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिगबोसको १३औँ संस्करण जित्न सफल भएका थिए। उनले टेलिभिजन सिरियल ‘बालिका बधु’बाट आफ्नो पहिचान बनाएका थिए।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो। उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए। उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए। उनी ‘बालिका बधु’बाट चर्चामा रहे।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए। उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’मा काम गरेका थिए।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन–७’ मा पनि देखिएका थिए। उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए। उनको जन्म मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो। आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए।

केपी ओलीले खाएको औषधिले काम गरेनः मेटमणि चौधरी (अन्तरवार्ता)

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल