Logo

कर्णाली प्रदेश

सल्यान बस दुर्घटना : १२ जनाको मृत्यु, १० जनाको सनाखत (नामावलीसहित)



सल्यान – सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो । बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल