Logo

समाज

पूर्वयुवराज्ञी हिमानी शाह कति धनी छिन् ? कति छ उनको सम्पत्ति?



काठमाडौं – हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो। हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन्। सूर्यवंशी सिखवत राजपूत उनले ग्यालेक्सी पब्लिक उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी हुन्। तत्कालिन युवराज पारससंग विवाहबन्धनमा बांधिएसंगै उनी अधिराजकुमारी भइन्।

दरबारहत्याकाण्डपछि ससुरा ज्ञानेन्द्र शाह राजा भए, पारस र हिमानी राजउत्तराधिकारी। पूर्व अधिराजकुमारी भएता पनि हिमानी सरल स्वभावकी देखिन्छिन्।

देश गणतन्त्रमा रुपान्तरण भएपछि उनी हिमानी ट्रष्टमार्फत समाज सेवामा सक्रिय छन्। तीन सन्तानकी आमा हिमानीको सौन्दर्यबाट प्रभावित नहुंने सायदै कोही होला।

विरलै संचारमाध्यमसँग बोल्ने हिमानीले नेपालका गरिब जनताका लागि साच्चिकै एक कवज जस्तै गरि उभिएकी छिन्। ट्रष्टमार्फत समाज सेवामा सक्रिय उनले धेरै मानिसले खोजेको कुरा भनेको उनको सम्पतिको हो।

पुर्वराजा ज्ञानेन्द्र शाहकि बुहारी पक्कै पनि उनको सम्पतिको कुरा गर्दा उनीसँग आफुलाई पुग्ने सम्पति रहेको छ।

कति छ हिमानी शाहको सम्पति?

सरल अनि शान्त स्वभाव भएकी हिमानी निकै धनी रहेको विभिन्न श्रोतले जनाएको छ। उनीसँग लगभग १० देखि १५ मिलियन अमेरिकन डलर रहेको बताइएको छ।

त्यस्तै उनीसँग भएको अर्को सम्पति नाममा उनको कार रहेको छ। उनको कारको नाम मर्सिडीज बेन्ज हो जसको नेपाली मूल्य ३ करोड २० लाख रहेको छ।

त्यस्तै उनीसँग अर्को कार ल्याण्ड रोवर रहेको छ जसको मूल्य भने ३ करोड २५ लाख रहेको छ। योबाहेक उनको अहिले अरु सम्पति भने बाहिर आएको छैन।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल