Logo

धर्म

नेपाली युवाको प्रेरक कर्म : हिमालय बृद्धाश्रमलाई आर्थिक सहयोग गर्न लण्डनमा देउसीभैलो



लण्डन – जहाँ गए पनि आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुन्छ । आफ्नो सांस्कृतिक धरालतबाट अलि टाढा गएका नेपालीहरूले कर्मथलोमै आफ्ना चाडपर्व मनाएका हुन् ।

यही शिलशिलामा बेलायतमा रहेका नेपालीहरूले पनि उज्यालोको पर्व दीपावली हर्सोल्लासका साथ मनाएका छन् । दीपावली मनाउने क्रममा बेलायतका नेपालीले सामाजिक कार्य पनि गरेका छन् ।

समाजसेवाको अनुपम र नवीनतम् उदाहरण गरेका बेलायतबासी नेपालीले काठमाडौंमा रहेको बृद्धाश्रमका लागि आर्थिक सहायता जुटाएका छन् ।

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कनजिकै रहेको हिमालय ओल्डएज होमका लागि आर्थिक सहयोग संकलन गरिएको बेलायतबासी सामाजिक अभियन्ता रवि उप्रेतीले जानकारी दिएका छन् ।

पर्व र रमाइलोको लागि देउसी खेलिएको र सो बाट उठेको रकम काठमाडौँमा रहेको हिमालयन बृद्ध आश्रम केन्द्रलाई ६० हजार हस्तान्तरण गरिएको रवि उप्रेतीले जानकारी दिए ।

‘आफ्नो धर्म, संस्कृति तथा परम्परा जोगाउनु पर्छ भन्ने मान्यतालाई कायम राख्दै देउसीभैलो खेलेर हिमालय ओल्डएज होमका लागि आर्थिक संकलन पनि गरेका हौं,’ उप्रेतीले भने ।

बेलायतमा बसोबास गर्ने नेपाली युवाहरूले आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट बृद्धाश्रमका लागि ६० हजार रुपैयाँ संकलन गरिएको अभियन्ता उप्रेतीले बताएका छन् ।

बेलायतमा बसोबास गर्ने कृष्णबहादुर थापा, गोरखा क्लबका मनिष श्रेष्ठ, जीत राणाभाट, लीला पौडेल, समीर भटराई लगायतले ६० हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् ।

दीप प्रज्ज्वल गरी रंगोलीले सजाइएको नेपाली समुदायका घरले छुट्टै पहिचान स्थानीयबासीलाई दिइरहेको थियो । सयपत्रीका माला, दौरा सुरुवाल, साडी चोलोमा सजिएका नेपाली देउसी टोलीले मादलको तालमा देउसी खेल्दा छुट्टै रौनक देखिएको थियो ।

बेलायतका सामाजिक अभियन्ता कृष्णबहादुर थापाले नेपाली समुदायको रचनात्मक कामका लागि आफूहरूले सहयोग गरेको बताएका छन् । गोरखा क्लबका मनिष श्रेष्ठले काठमाडौंको बृद्धाश्रमका लागि आर्थिक सहयोग जुटाउनु उदाहरण कार्य रहेको बताए ।

गैरआवासीय नेपाली अभियन्ता जीत राणाभाटले बेलायतमा बसोबास गर्ने नेपाली युवाहरूको रचनात्मक कार्यका लागि आभार व्यक्त गरेका छन् ।

विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो रीतिरिवाज जोगाउन र आगामी पुस्तालाई हस्तान्तरण गर्नका लागि देउसी खेलेको नेपाली अभियन्ता विकेश बस्नेतले बताए ।

समाजसेवी सुरेन्द्र रुपाखेतीले आफ्नो परम्परा, संस्कृति आफ्नो निधि भएको बताउँदै यसलाई परिस्कृत रुपमा भए पनि मनाउनपर्ने जोड दिए ।

गत वर्ष कोरोनाका कारण खेल्न नपाएको देउसी यसपटक विशेष उल्लासका साथ मनाइएको हो । भैली नृत्यमा युवासँगै बालबालिबा पनि सहभागी भएको सविता बलामीले बताएकी छिन् ।

दिउसीभैलोमा अभियन्ता रवि उप्रेतीसँगै समीर भट्टराई, लिलाधर पौडेल, रवि अर्याल, विकेश बस्नेत, सविता बलामी, सुदीप तिवारी, शोभा विक, सुसन घिमिरे, रवि लम्साल, सुरेन्द्र रुपाखेती लगायतले देउसीभैलो कार्यक्रमको अगुवाई गरेका थिए ।

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी (भिडियो)

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल