Logo

समाज

पिताको शव अगाडि मोडलले गरिन् फोटोसुट



अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् ।

तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।

जेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन् । तर जेनेको उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए ।

अब यो सोसल मिडियामा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले लेखे, ‘यी इन्स्टाग्राम मोडलको पिताको निधन भएको छ र उनले पिताको शवको अगाडि फोटोसुट गरेकी छिन् । ’अर्का एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘के मैले एक संकीर्णतावादी र प्रदर्शनकारी संस्कृतिको समस्याबारे कुरा उठाएको हुँ ।’

यस्तै, अर्का एकजनाले लेखे, ‘यस्ता लाग्छ कि मानिसहरुले आफ्नो सबै भद्रता गुमाइसकेका छन् ।

रिवेराले दिइन् स्पष्टिकरणः

जेने रिवेराले एनसीबी न्यूजसँग कुरा गर्दै यसबारे स्पष्टिकरण दिएकी छिन् । रिवेराले आफ्नो बचाउ गर्दै भनिन्, ‘ म मानिसहरुको भावनालाई बुझ्छु । तर तस्बिर सकारात्मक उद्देश्यले खिचिएको थियो । मेरा पिता हुनुभएको भए उहाँले यसको समर्थन गर्नु हुन्थ्यो ।’

यस्तै रिवेराको मिडिया समूहले भनेको छ, ‘प्रत्येक मानिसले आफ्ना प्रिय जनलाई गुमाउनुको पीडालाई आफ्नो तरिकाले सम्हाल्ने गर्छन् । केही मानिसहरु पारम्परिक तरिका अपनाउँछन् । मैले यो पललाई उत्सवको रुपमा मनाएँ किनभने मेरा पिता मसँगै छन् भन्ने मलाई लाग्छ । ’

रिवेराको पिताको निधन उनको ५६ औं जन्मदिनभन्दा दुई दिनअघि भएको थियो ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल