Logo

समाज

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना



काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण हाल देशभर आंशिक बदली रहेको छ ।

यसैगरी महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने छ। यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमान उल्लेख छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल