Logo

भारत

नयाँदिल्ली पुगे रुसी राष्ट्रपति पुटिन



रूसी राष्ट्रपति भ्लादमिर पुटिन भारत भ्रमणमा आएका छन्। सोमबार साँझ उनी केही घन्टाको भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्। भारत-रूस वार्षिक सम्मेलनमा भाग लिन पुटिन दिल्ली आएका हुन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। सन् २०१९ को अन्तिममा कोरोनाभाइरसको महामारी सुरू भएपछि रूसी राष्ट्रपति पुटिन दोस्रो पटक विदेश भ्रमणमा निस्किएका हुन्।पुटिन नयाँदिल्ली पुग्नुअघि रूस र भारतका रक्षा र विदेश मन्त्रीको बैठक दिल्लीमा सम्पन्न भएको थियो।

उक्त बैठकपछि रक्षासम्बन्धी महत्वपूर्ण दुई सम्झौतामा हस्ताक्षर भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। केही घन्टा दिल्लीमा बिताएर पुटिन आजै राति स्वदेश फर्किने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल