Logo

राजनीति

यि हुन पोलिटब्युरो सूची बनाउन ओलिले जिम्मा दिएका ‘कोर टिम’ का पाँच नेता !



एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु सम्मिलित नयाँ ‘कोर टिम’ को अभ्यास थालेका छन्। जसमा उनीसहित ६ नेता छन्।

महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित १९ नेतामध्ये आफ्ना विश्वासपात्र समेटेर ओलीले उक्त टिम बनाएका हुन्।

ओलीनिकट स्रोतहरुका अनुसार उक्त टिममा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्। अब एमालेका सबैजसो निर्णयमा यिनैले ओलीको निर्देशनअनुसार कार्यकारी भूमिकामा काम गर्ने केही नेताहरूको भनाइ छ।

त्यसो त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ पनि ओलीनिकट मानिन्छन्। उनीहरुसँग ओलीले सरसल्लाह लिने नै भए तर अन्तिम निर्णय भने ‘कोर टिम’ बाट हुँदै जाने नेताहरू बताउँछन्।

दसौँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीसहित ३ सय १ केन्द्रीय सदस्य चयन गर्न पनि ओलीले यिनै मध्येका चार नेता– विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई जिम्मा दिएका थिए। उनीहरु सौराहाको होटल पार्क सफारीमा पनि ओलीसँगै बसेका थिए।

ओलीनिकट एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार यो टोलीले अहिले स्थायी कमिटी र पोलिटब्युरो गठनको गृहकार्य गरिरहेको छ। जसबारे मंसिर २५ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने ओलीको तयारी छ।

नेपाल खबरबाट

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल