काठमाडौं, जेठ ८ गते । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले जनताको विश्वास जित्ने गरी काम गर्न स्थानीय तहका पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट भक्तपुरको मध्यपुर नगरपालिका प्रमुखमा निर्वाचित सुरेन्द्र श्रेष्ठसहितका पदाधिकारीसँगको भेटमा गृहमन्त्री खाणले कार्यकाल सफल बनाउन जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्नुभएको हो ।
कार्यक्रममा नेपाल तरुण दल पूर्व अध्यक्ष जितजंग बस्नेत, नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल भक्तपुर अध्यक्ष राजु थापालगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री देउवाका गाउँले भाइको बालुवाटारसम्मको यात्रा (अन्तरवार्ता)
प्रतिक्रिया