Logo

पत्र-पत्रिका

स्वदेशी खाने तेल उद्योगलाई राहत दिन र संरक्षण गर्न माग



काठमाडौं, जेठ २२ गते । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ ।

आइतबार संघले पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने नीतिको शीघ्र समाधान खोज्न पनि सरकारसँग संघले माग गरेको छ ।

समग्रमा वनस्पति तेल उद्योग समस्याग्रस्त अवस्थामा रहेको भन्दै संघले यसको शीघ्र समाधान नगरेको खण्डमा उद्योगहरु बन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भीर असर पार्नेतर्फ सचेत गराएको छ ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागि खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।

‘उपभोक्ताहरुलाई चरम महँगीबाट राहत दिन, तैयारी सामान भन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महसुल हुने नीति अवलम्बन गर्न, भारतबाट अनाधिकृत रुपमा आयात भइरहेको खाने तेल रोक्नका लागि समेत कच्चा खाने तेलको आयात भन्सार महसुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट् दिनुपर्छ’ संघले पत्रकार सम्मेलनमार्फत भनेको छ ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल