काठमाडौं, जेठ २३ गते । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना रायरसुझावहरु उपलब्ध गराउन आग्रह गरिएको हो ।
आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाामा भनिएको छ,नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना रायरसुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको इमेल वा राष्ट्र बैंकको ठेगानामा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध छ ।
प्रतिक्रिया