काठमाडौं, जेठ २८ गते । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागज विहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस. एम. एस. पाएको कोडबाट आफ्नो डेबिट र क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।
उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम. मा गएर पिन परिवर्तन गर्नुपर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्न र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया