Logo

राजनीति

राप्रपाको प्रशिक्षण: सात प्रदेशमा संयोजक तोकियो, देशव्यापी जनलहर निर्माणको लक्ष्य



काठमाडौं, असार १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रशिक्षण अभियान सञ्चालन गर्नका लागि सातै प्रदेशमा संयोजक तोकेको छ।

राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेतारकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेश प्रदेशको संयोजकमा गिरिश गिरी र बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य चयन भएका छन्।

गण्डकी प्रदेशको संयोजकमा बरूणविक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएका छन्।

असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशव्यापी जनलहर निर्माण र राप्रपाका नीति तथा कार्यक्रमहरूलाई तल्लो तहसम्म पुर्‍याउने लक्ष्यका साथ प्रशिक्षणको तयारी भइरहेको बताएका छन्।

किन अग्निपथमा हिँड्दैछन् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (अन्तरवार्ता)

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल