Logo

समाचार

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रा १२ औँ तहमा बढुवा



काठमाडौं, असार २१ गते । सरकारले डाक्टर संगीता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगले बढुवाका लागि डा. मिश्रासँगै डा. टंकप्रसाद बराकोटीको नाम पठाएको थियो।

यसअघि १४ असारमा स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस गरेको थियो।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल