निर्मला ज्ञवाली
विगत लामो समयदेखि हरेक अक्टुबर १५ लाई सेतो छडी दिवसका रूपमा मनाउने गरेको छ । विश्वमरिका दृष्टिविहीन व्यक्तिले हिडडुल गर्दा सहायक सामग्रीको रूपमा ‘सेतो छोडी लाई प्रयोग गर्दछौँ । अरु सामान्य लठ्ठी लिएर हिँड्दा र सेतो छडी लिएर हिँड्दा खासै भिन्नता हुँदैन । तर अन्तर्राष्ट्रिय रुपमा सेतो छडी लिएर हिँड्ने व्यक्ति दृष्ट्रिविहीन वा दुवै आँखा नदेख्ने व्यक्ति हुन भनेर चिनाउने प्रतिकको रुपमा प्रयोग हुन्छ । दृष्टिविहीनले हातमा सेतो छडी लिएर हिँडेको देखेमा सवारी चालक लगायत अन्य देख्ने व्यक्तिमा पनि सहयोग गर्ने सोचको विकास हुन सक्छ । सेतो छडी समातेको व्यक्तिले बाटो काट्न खोज्दा आफ्नो सवारीसाधनलाई रोकेर दृष्टिविहीन व्यक्तिलाई बाटो काट्न दिनु पर्छ भन्ने पनि ज्ञान हुन्छ । सेतो छडीको बिचमा भागमा रातो रङ्गको स्टिकर टासिएको हुँन्छ जसले ट्राफिक रातो चिह्नको काम गर्छ ।
सेतो छडी दृष्टिविहीन व्यक्तिका लागि एक अभिन्न अङ्ग भए पनि आर्थिक अभाव, सही सहजीकरणको कमी अपागङ्तालाई सहज रूपमा स्विकार गर्ने वातावरणको अभावले धेरैजसो दृष्टिविहीन व्यक्तिलाई आधारभूत शीपको रूपमा शिक्षा प्रारम्भसँगै सेतो छडी चलाउन सिकाउनु अति आवश्यक छ । अभिभावक, शिक्षक र सरोकारवाला सबैले अनिवार्य शिक्षाको रूपमा प्रयोग गराउनु पर्छ ।
कतिपय दृष्टिविहीन व्यक्तिले सेतो छडीलाई प्रयोग गर्न हिच्किचाउने लाज मान्ने गरेको पाइन्छ । तर, यसलाई आफ्नो पहिचान र गौरवको रूपमा प्रयोग गर्दा आत्मबल बढ्ने र सुरक्षित पनि हुने हुन्छ ।
अहिलेसम्म सेतो छडी देशमा उत्पादन हुन नसक्नु र महँगो मूल्यमा खरिद गर्नु पर्ने, विदेशबाट आयात गर्नु पर्ने र बिग्रेका मर्मत गर्ने ठाउँमा समेत नहुने हुनाले सेतो छडी प्रयोगकर्तालाई सास्ती भइरहेको छ । यस सन्दर्भमा राज्य गम्भीर बन्नुपर्छ ।
(सामाजिक अभियन्ता एवं अधिकारकर्मी ज्ञवाली पूर्ण दृष्टिविहीन हुनुहुन्छ)
प्रतिक्रिया