Logo

समाचार

बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि



काठमाडौं । धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसलाई महामण्डेश्वरको उपाधि प्रदान गरिएको छ । भारतको प्रयागराजमा निरञ्जनी अखाडाबाट बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि प्राप्त भएको हो ।

पण्डित बाबुराम शर्माका अनुसार महाकुम्भ मेलामा सहभागी हुन प्रयागराज पुग्नुभएका बाबा कालीदासलाई भारतका १३ वटै अखाडाका अध्यक्ष पनि सहभागी कार्यक्रममा निरञ्जनी अखाडाका तर्फबाट उक्त उपाधि प्रदान गरिएको हो ।

नेपालमा जन्मिनु भएका कालीबाबा भारतलाई कर्मथलो बनाएर ध्यान, साधना र धार्मिक अभियानमा हुनुहुन्छ । उहाँले ४५ वर्षदेखि नरिवल पानी खानी मात्रै खाने गर्नुभएको छ । उहाँ नरिवल पानी नपाए फलफूलको रस खानुहुन्छ । उहाँले भन्नुभयो, “निरन्तर शिव साधनामा तल्लीन हुँदा साधनाका क्रममा अन्न छोड्ने भाव आयो । त्यसैले नरिवल पानी मात्रै ग्रहण गर्न सुरु गरेको हुँ ।”

उहाँले महामण्डलेश्वरको उपाधि प्राप्त हुँदा गौरव लागेको बताउँदै नेपाल र भारतबिच जनस्तरमा रहेको सम्बन्धलाई अब नेपालको समुन्नति, आर्थिक विकास, धार्मिक जागरण र सद्भाव वृद्धि गर्नेगरी अघि बढाउन प्रयत्नशील रहने बताउनुभयो ।

कार्यक्रममा पिठाधीश्वेर महामण्डलेश्वर आचार्य कैलाशानन्द गिरीले नेपालमा धार्मिक जागरण ल्याउन, पर्यटन प्रवद्र्धन गर्न र आर्थिक विकास गर्न भारतको धार्मिक एवं आध्यात्मिक क्षेत्र सधैँ तयार रहेको बताउनुभयो ।

साथै उहाँले महामण्डलेश्वरको उपाधि मानवता र मौलिक सिद्धान्तप्रति अडिग रहनेलाई प्रदान गरिने बताउँदै बाबा कालीदासले नेपाल, भारतसहित विश्वका विभिन्न देशमा धार्मिक र आध्यात्मिक जागरण फैलाउन अनवरत काम गरेकाले उक्त सम्मान प्रदान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाबा कालिदास नेपालबाट हुनुहुन्छ । यस्तो प्रतित हुँदैछ, निरञ्जनी अखाडाको आधिपत्य नेपालको हुँदैछ । नेपालमा धार्मिक जागरण ल्याउनुछ । त्यसकारण नेपालमा सर्वश्रेष्ठ साधक र महात्मा रहन आवश्यक छ । अखाडा सदैव तपाईको साथमा रहने छ ।”

कार्यक्रममा अखिल भारतीय अखाडा परिषद्का राष्ट्रिय अध्यक्ष महन्थ रवीन्द्र पुरीले नेपाल र भारतबिच प्राचीन समयदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो । निरञ्जनी अखाडाको स्थापना वि.सं. ९६० मा भएको हो । अहिले उक्त अखाडाको मुख्यालय तीर्थराज प्रयागमा रहेको छ ।

प्रकाशित : २३ माघ २०८१, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल