Logo

समाचार

सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुकलाई ७ दिनभित्र सम्पर्क राख्न आग्रह, महानगरले सम्झौता गर्ने



काठमाडौं, जेठ २२ गते । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ संस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह बालेन निर्वाचित भएपछि बसेको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णय लगत्तै कतिपयले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचना सहितको बोर्ड राखेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यका अनुसार यसलाई व्यवस्थित ढंगले लैजान खोजिएको छ । त्यसका लागि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुकहरुसँग महानगरपालिकाले औपचारिक रुपमा सम्झौता नै गर्ने आचार्यले बताए । ‘उहाँहरुले निवेदन दिनुपर्छ,’ उनले भने, ‘उहाँहरुको शौचालय भएको स्थान, शौचालयको अवस्था सबै हेरेर उपयुक्त लाग्यो भने हामी फर्मल्ली एग्रिमेन्ट नै गर्छौं । त्यसको ढाँचा हामीले तयार पार्दैछौं ।’

आफ्नो शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनेहरुले शौचालयलाई आवश्यक पर्ने पानी र सरसफाइको प्रवन्ध आफैं गर्नुपर्ने आचार्यले बताए ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल