काठमाडौं – साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति देशव्यापी प्रदर्शन भएको छ।
अपराधीलाई कारबाहीको माग गर्दै काठमाडौं उपत्यकासँगै देशभरि प्रदर्शन गरिएको हो।
‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?, सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका सर्वसाधारणले तत्काल अभियुक्त पक्राउ गर्न माग गरेका छन्।
‘निर्मलाका निम्ति न्याय’ अभियानले मुलुकका २६ स्थानमा प्रदर्शन गरिएको जनाएको छ। प्रदर्शनमा १०औं लाख नागरिकले सहभागिता जनाएका छन्।
प्रतिक्रिया