काठमाडौं, १६ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा कर्णाली–रारा भ्रमण वर्षको उद्घाटन गरे। त्यसयता ५०औँ हजार आन्तरिक तथा बाह्य पर्यटक मुगुस्थित रारा पुगिसकेका छन्।
नेपालीको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो रारा। त्यसैले पछिल्लो समय रारा घुम्न जानेको संख्या अत्यधिक छ।
यही शिलशिलामा दशैं सकिएलगतै रारा पुगेका ललितपुरको हात्तीवन निवासी विद्यार्थी एवं सामाजिक अभियन्ता प्रशान्त ज्ञवाली र अभिषेक खतिवडाले रारा जाने क्रममा केही तस्वीर लिएका छन्। ज्ञवालीका अनुसार अहिले रारा घुम्न जानेको संख्या निकै बढेको छ।
प्रतिक्रिया