वीरता जेसीजले झापाको बिर्तामोडमा सोमबार गरेको साझा सवाल कार्यक्रममा बोल्दै संयोजक मिश्रले उक्त कुरामा जोड दिएका हुन्। सुशासन र गुणस्तरीय शिक्षा भए मात्र दीगो विकासको लक्ष्य हासिल गर्न सकिने मिश्रको निष्कर्ष छ।
वीरता जेसीजले दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन राजनीतिक दलहरुलाई जिम्मेवार बनाउन कार्यक्रम गरेको हो।
सरकार र राजनीतिक दलले सुशासनबहाली र गुणस्तरीय शिक्षा कार्यान्वयन गरेर अघि बढ्ने हो भने नेपाल छिट्टै समृद्धि राष्ट्र हुने मिश्रले बताएका छन्। उनले उक्त दुवै विषय कार्यान्वयनमा आफ्नो पार्टीको तर्फबाट प्रतिबद्धता समेत जनाएका छन्।
प्रतिक्रिया