काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरकेो हो ।
दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा जित निकाल्दै नेपालले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा नेपालले भुटान विरुद्ध ३ गोल थपेको थियो।
नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे।
नले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्। ६६ औ मिनेटमा अभिसेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन्।
लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले पहिलो खेल खेलेको हो। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।
प्रतिक्रिया