काठमाडौं, २१ वैशाख – सरकारले सिण्डिकेट खारेज गरेपछि विरोधमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार सार्वजनिक यातायात बन्द आह्वान गरेपनि विभिन्न कम्पनीका बस निर्वाध रूपमा सञ्चालनमा अाएका छन्।
यातायात व्यवसायीले विरोध गर्न सक्ने भन्दै सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।
साझा, मयुर, महानगर, मेट्रो सिटी, धुम्रबराही, बाबागोकर्णेश्वर लगायत कम्पनीका बस तथा सफा ट्याम्पो बिहानैदेखि निर्वाध सञ्चालनमा रहेका महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ। सबै रूटमा उल्लेखित कम्पनीका सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
महाशाखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले सिण्डिकेटको पक्षमा यातायात व्यवसायीले गरेको बन्दमा उपत्यकामा यातायातको ठूलो समस्या नरहेको जनाएका हुन्।
प्रतिक्रिया