चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन कम्तीमा दुई दिन लाग्ने सरकारले बताएको छ। उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी गरी स्वदेश फर्काउन दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका हुन्।
‘मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि सम्भवत: बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ’ उनले सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने ।
प्रतिक्रिया