काठमाडौं, ५ जेठ – नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतले अतिक्रमण गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा मन्त्रिपरिषदले पास गरेको हो। भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पनि नयाँ नक्सामा समेटिएको छ।
प्रतिक्रिया