मैले सरस्वतीकाे मात्र प्रार्थना र अारती गरेँ
र त लक्ष्मी रिसाएर गइन
परिणामत: सरस्वती दाइना हुँदा
लक्ष्मी अलिक परकी भइन् ।
लक्ष्मीकाे कृपादृष्टि नपरेरै हाेला
अहमले पाेखिएका अाफन्तले चिन्दैनन्
रगतकै नाता भएर के गर्नु र
जहाँ रगतकाे रत्तिभर अाभास हुँदैन
अाेहा ! झनै साथीभाइकाे के कुरा रह्याे र
परिचय नै खुल्न सक्दैन ।
सम्पत्तिकाे मात्र पूजापाठ गर्नेहरु
गाडी र महलकालाई चिन्दछन्
सेवा सत्कार सुनचाँदीलाई गरेर
अाडम्बरकाे खाेलले छाेप्छन्
न बाउ न अामातिरकासँग स्वाँग पार्दै
अात्मियताकाे समिकरण बनाउँछन्
र त टुप्पाबाट पलाएकाहरु
अाैकात भूलेर फेदतिर थुक्छन् ।
ज्ञानकाे भण्डारमा बिर्काे लगाएर
तिनै,जीवनभर दरिद्रता पस्कन्छन्
अाफन्तसँगकाे छाेडपत्रकाे कारण
सन्तानलाई नाताबाट टाढा पार्छन्
स्वार्थले भरिएकाे कालाे हृदयलाई
दान दक्षिणाकाे मलम लगाउँछन् ।
अाज म तिनै पर सरेका नाताहरुकाे
कारण र उपचार खाेज्ने धृष्टता गर्दैछु
म धनवान् नबनेर के भाे र
विचार र ज्ञानले सबै समान ठान्छु
नातालाई गाडी र महलसँग जाेखिन
बनावटी कृतिम अाडम्वरमा खुसी खाेज्न
अाफ्नै खुसीलाई नजरबन्दमा राखिन ।
जन्म र मृत्युमा सबै नाङ्गै हुन्छन्
त्यसैले चिता सहरकाे बिचमा हुनुपर्छ
भगवानलाई भेट्न कठिन नै हुन्छ
त्यसैले मन्दिर गाउँबाट टाढा बन्नु पर्छ
तिम्रा घमण्डका सबै सामग्रीहरु
चितामा तिमीसँगै राखिदैन
जलाउने त अागाेले नै हाे
सम्पतिले तिम्राे लास जल्दैन ।
सम्पति विनिमयकाे साधन हाे
अभिमानकाे पहाड नबनाउ
अाफूभित्रकाे शान्ति खलवल्याएर
खुसी किन्न दम्भी पाइला नबढाउ
अाउ शान्ति र खुसी फर्काउन
हिजाेकाे जस्तै अात्मियतालाई बाेलाउ
तिमीभित्रकाे घमण्ड, दम्भ र अभिमानलाई
अन्तर अात्माबाट निकालेर
यी सबै मिथ्या रहेछन् भनी जलाउ ।।
कृष्णप्रसाद पाठक, २०७७/०३/०९
प्रतिक्रिया