Logo

समाचार

नेवि संघ धादिङ-काठमाडौं सम्पर्क समितिद्वारा आश्रमलाई खाद्यान्न सामग्री सहयोग



काठमाडौं – नेपाल विद्यार्थी संघ धादिङ – काठमाडौँ सम्पर्क समितिले तारकेस्वर न.पा.-७ मा अवस्थित नवजीवन परोपकार वृद्धाश्रमलाई खाद्यन्न सामग्री सहयाेग गरेकाेछ ।

विपि कोईरालाको ३८ औँ स्मृति दिवस पारेर गरिएकाे साे कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पाैडेलले सम्पर्क समितिले सृजनशिल काम गरेकाे भन्दै, यस्ता कृयाकलापले नै विपि काेइराला प्रति सच्चा श्रद्भान्जली हुने बताए ।

साथै नेविसंघलाई सधैँ यस्तै सृजनात्मक काम गर्न पनि उनले अनुराेध गरे ।आश्रमलाई सहयाेग गर्न दाल, चामल, नुन, तेल,चिनी, फलफुल लगायतका सामाग्री लिएर नेविसंघ नेता तथा कार्यकर्ता आश्रममा पुगेका थिए । कार्यक्रम नेविसंघ धादिङ – काठमाडौँ सम्पर्क समितिका अध्यक्ष किरण भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो।

कार्यक्रममा काङ्ग्रेसका नेताहरु राकेश धमला, कृष्ण रिजाल, योग बहादुर तामाङ, राजेन्द्र सुवेदी,हर्कमान तामाङ,तरुण दलका नेता भाग्बत रेग्मी, ने बि संघका नेताहरु इस्वर अधिकारी, निवर्तमान केन्दिय सदस्य सुशील भट्ट,जयराम दाहाल,निरन्जन थापा,माधव शर्मा,सुरेन्द्र थपलिया,सन्तोष गुरुङ,प्रदीपजङ्ग शाह, दिलिक्षा अधिकारी आदि काे उपस्थिति थियो।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल