Logo

राजनीति

नेकपा गुटबन्दीमा मौलाउँदा पार्टी छोड्ने क्रम तीव्र, नेपाली कांग्रेसमा प्रवेशको लहर



काठमाडौं, २३ साउन – प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका नेता तथा कार्यकर्ताहरूले काठमाडौंमा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले शनिबार शंखारापुर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन्।

उनीहरूलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद भीमसेनदास प्रधान र काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्कीले पार्टी प्रवेश गराएका छन्।

नेपाली कांग्रेस प्रवेश गर्नेमा राप्रपा नेपालका जिल्ला सदस्य गोविन्दबहादुर श्रेष्ठ, नेकपाका प्रभावशाली नेता महेश्वर श्रेष्ठ, राप्रपाका नेता राजाराम केसी, राप्रपाका नेता धनराज घलेसहित १५३ जना स्थानीय नेता तथा कार्यकर्ताहरू रहेको काठमाडौं कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख ओमबहादुर कार्कीले जानकारी दिए।

शंखारापुर नगरपालिकाको वडा नं. १ देखि ८ सम्मका राप्रपा र नेकपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्। पार्टी प्रवेश गराउन संगठन विभागका प्रमुख कार्की, कांग्रेस नेताद्वय उद्धव खड्का र प्रवीणमान सिंहले विशेष भूमिका खेलेका थिए।

काठमाडौं क्षेत्र नं. २ मा तत्कालीन नेकपा (एमाले) बाट प्रतिनिधि सभामा माधवकुमार नेपाल निर्वाचित भएका थिए। नेता नेपाललाई जिताउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरूले शनिबारदेखि नेकपा पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन्।

शंखारापुर नगरपालिकामा नेकपाले नै मेयरमा जितेको छ। नेकपाबाट सुवर्ण श्रेष्ठ विजयी भएका छन्। कम्युनिस्टहरूले शंखारापुरामा नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेपछि कम्युनिस्ट मेयर श्रेष्ठ तथा नेकपाका सांसद नेपाललाई झट्का लागेको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल