काठमाडाैं, १५ वैशाख – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी अोली र नेकपाका अध्यक्ष प्रचण्डलाई नेत्रविक्रम चन्द विप्लवसँग संवाद सुत्र पहिल्याउन अपील गरेका छन्।
प्रवक्ता शर्माले गणतन्त्र स्थापनामा विप्लव समेतको भूमिका स्मरण गर्दै विद्रोहको स्वरलार्इ समृद्धिको सामर्थ्यमा गाँस्न अाग्रह गरेका छन्।
‘संसदभित्र कसैलाई सरकारमा गाँस्दा सरकार र व्यक्ति बलियो बनाउँछ, शुभकामना,’ शर्माले अाफ्नो ट्वीटमा भनेका छन्, ‘विद्रोहमा रहेको कम्युनिष्ट पार्टीलाई पनि विश्वासमा लिने योग्यता राख्नोस्, संसदीय गणतन्त्र र समृद्धि यात्रा नै बलियो बनाउँछ।’
प्रतिक्रिया