Logo

राजनीति

‘नेकपाका सुप्रिम कमाण्डरबीचको आन्तरिक एकताबाटै राष्ट्रको समृद्धि सम्भव हुन्छ’



काठमाडौं, १७ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बर्तौलाले पार्टी एकताका दुई सुप्रिम कमाण्डर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद अन्त्य भएको बताएका छन्।

युवा नेता बर्तौलाले नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच सैद्धान्तिक र एजेण्डागत रुपमा बहस हुनु स्वाभाविक भएको उल्लेख गर्दै आन्तरिक बहसले पार्टीलाई अझै गतिशील र प्रभावकारी बनाउने बताएका हुन्।

नेकपाभित्रको बहसले राष्ट्रलाई युगान्तकारी परिवर्तनतर्फ लैजाने टिप्पणी गर्दै कम्युनिष्ट पार्टीभित्र अनेक सम्भावनाहरूमा बहस हुने र यसबाट एउटा दीर्घकालीन सोच निर्माण हुने उनले बताए।

‘एमाले र माओवादीबीच एकता गरी नेकपा निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी दुई श्रद्धेय नेताहरूले नै गर्नु भएको हो,’ बर्तौलाले भने, ‘अब समृद्ध राष्ट्र निर्माणको दायित्व पनि उहाँहरूकै नेतृत्व र आन्तरिक एकताले सम्भव हुने छ।’

नेकपाभित्रका केही नेताहरूले पार्टीलाई सुदृढ र सशक्त बनाउनेभन्दा पनि आफ्नो स्वार्थका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्न खोजेको युवा नेता बर्तौलाले स्वीकार गरे।

‘तर, पार्टी एकता नचाहने र दुई नेतालाई भिडाउन खोज्ने जुनसुकै प्रवृति पनि आफै परास्त हुन्छन्, सम्माननीय प्रधानमन्त्री केपी ओली र पार्टीका श्रद्धेय अध्यक्ष प्रचण्ड यस विषयमा जानकार हुनुहुन्छ, उहाँहरू मिलेर अघि बढ्नुहुन्छ,’ उनले भने।

युवा नेता बर्तौलाले समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्नेतर्फ सरकार लागिरहेकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखे। उनले पार्टीबाट पनि सरकारलाई सहयोग रहेको स्पष्ट पारे।

कोभिड–१९ को महामारीका बीच सरकारले जनअपेक्षा पूरा गर्ने संकल्पलाई कार्यान्वयन गर्न हरसम्भव प्रयत्न गरिरहेको बताउँदै बर्तौलाले अब महामारी न्यूनिकरण हुँदै गर्दा राष्ट्रका आधारभूत तहका नागरिकले नेकपा सरकारको काम अनुभूत गर्न सक्ने प्रष्ट पारे।

‘ऐतिहासिक जिम्मेवारी बोकेको दुईतिहाइको सरकार र प्रधानमन्त्रीज्यूले गम्भीर ढंगले काम गरिरहँदा हामी हरेकले उहाँलाई साथ दिनुपर्छ, यो प्रकोपको संकट हामी सबै मिलेर नै समाधान गर्नुपर्छ,’ युवा नेता बर्तौलाले भने।

हेर्नुहोस्: प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल