Logo

आर्थिक

फेरि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं, २९ भदौ – नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ४०० रुपैयाँले वृद्धि भएको हो।

हाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० मा कारोबार भएको छ। आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मूल्यसमेत प्रतितोला ४०० रुपैयाँले ले बढेको छ। आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३२० मा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल