Logo

खेलकुद

आइपिएल: राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किंग्स ७ विकेटले पराजित



अबुधाबी, ३ कात्तिक – इण्डियन प्रिमियर लिगको सोमबारको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

अबुधाबीमा भएको खेलमा स्टिभ स्मिथ नेतृत्वको राजस्थानले भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई ७ विकेटले पराजित गरेको हो।

जीतसँगै राजस्थानले ८ अंक बनाएको छ। र, पाँचौं स्थानमा उक्लिएको छ।

जीतका लागि १ सय २६ रनको लक्ष्य पाएको राजस्थानले १७ दशमलव ३ ओभरमा तीन विकेट गुमाएर १ सय २६ रन बनाएको हो। त्यसमा इंग्लिस ब्याट्सम्यान जस बटलरले नटआउट ७० रन बनाए। उनले ४८ बलको सामना गर्दा सात चौका र दुई छक्का प्रहार गरे।

कप्तान स्मिथले २६ रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने धोनीको निर्णय अबुधाबीको मैदानमा गलत सावित भयो। २० ओभरमा पाँच विकेट गुमाएर १ सय २५ रन जोडेको थियो।

चेन्नईका लागि रविन्द्र जडेजाले बनाएको ३५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। धोनीले २८ रन बनाए। अन्य ब्याट्सम्यान जम्न सकेनन्।

आइपिएलमा दिल्ली क्यापिटल्स् पहिलो स्थानमा छ। मुम्बई इण्डियन्स् दोस्रो, रोयल च्यालेञ्जस् बैंलोर तेस्रो, कलकत्ता नाइट राइडसर्् चौथो, राजस्थान रोयल्स् पाँचौं स्थानमा छन्।

सनराइजेज् हैदरावाद छैटौं, किंग्स इलेभेन पञ्जाव सातौं र चेन्नई सुपर किंग्स् आठौं स्थानमा रहेका छन्।

मंगलबार किंग्स् इलेभेन पञ्जाव र दिल्ली क्यापिटल्स्‌बीच खेल हुने छ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल