Logo

समाज

अमृत पाण्डेयसहित नेपाली पत्रकारहरूलाई जिपी कोइराला फाउण्डेशन अमेरिकाको सम्मान



काठमाडौं, २० कात्तिक – जिपी कोइराला फाउण्डेशन अमेरिकाले नेपाली पत्रकारहरूलाई सम्मान गरेको छ। कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरूको समस्या र मुद्दाहरूमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले नेपाली पत्रकारहरूलाई सम्मान गरेको छ।

हाम्राकुरा डटकमका संस्थापक एवं प्रधान सम्पादक अजयबाबु शिवाकोटी, सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेय, मीना शर्मा, अंकुर लुइँटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए।

पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता शुरु गरेका हुन्। उनले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन्।

पाण्डेयले कोरोना महामारी शुरु भएपछि विश्वभरिका नेपालीहरूसँग कोरोना भाइरस न्यूनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधिहरूसँग निरन्तर बहस कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।

साथै जिपी कोइराला फाउण्डेशन अमेरिकाले सञ्चालन गरिरहेको विदेशबाट बहस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन्।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल