काठमाडौं, ५ पुस – नेपाल सरकारका सात मन्त्रीले सामुहिक राजीनामा दिएका छन्। आइतबार प्रतिनिधिसभा विघटन भएपछि उनीहरूले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएको र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन्।
राजीनामा बुझाउनेमा कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री याेगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पाेखरेल, खानेपानी मन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन्।
प्रतिक्रिया