Logo

स्वास्थ्य

किन पैताला पोल्छ? उपचार विधिबारे चिकित्सकबाट लिनुहाेस् जानकारी



सवाल

म ३२ वर्षको पुरुष हुँ। दुवै पैताला पोल्ने समस्या छ। डाक्टरको सल्लाह अनुसार केही समय अगाडि थाइराइड, सुगर, बी १२ आदि जाँच गरे।

रिर्पोट सबै नर्मल नै थियो। डाक्टरको सल्लाह अनुसार मनोरोगको जाँच गरे। विगत तीन वर्षदेखि एन्टिडिप्रिसेन्ट लिइरहेको छु। तर, समस्या झन् बढ्दै गएको छ। आजभोलि खुट्टा पोल्नुका साथै साँझपख मरिन्छ कि जस्तो हुन्छ। कारण के भयो होला?

समाधान

तपाइको समस्या सुन्दा लामो समयदेखि तनावमा हुनुहुँदो रहेछ। तपाइले भनेको लक्षण अनुसार हेर्ने हो भने नसा सम्बन्धित समस्या जस्तो देखिन्छ।

नसामा लामो समयदेखि संक्रमण भएपछि विभिन्न लक्षण आउने गर्दछन्। जस्तो कि पैताला झमझम गर्ने, पोल्ने आदि लक्षण देखिन्छ।

एन्जाइटी सम्बन्धी पनि समस्या रहेछ भने मनोचिकिसत्कमार्फत सल्लाह लिनुपर्छ।

उहाँले सबै जाँच गनुभएको रहेछ। त्यसको रिर्पोट नर्मल आएको भए थप उपचारका लागि विशेष जाँच जरुरी छ। जस्तो नसाको समस्या पत्ता लगाउनका लागि एनसिडीको जाँच गरिन्छ। एनसिडीको जाँच गर्दा नसाहरूमा संक्रमण भएको हो कि अन्य केहि समस्या हो भन्ने प्रमाणित हुन्छ।

नसा सम्बन्धित समस्या हुँदा निन्द्रा पनि लाग्दैन। यस्तो अवस्थामा विशेष औषधिको सेवन गर्नुपर्ने हुन्छ।

१०–१५ वर्षदेखि शाकाहारी मानिस हुनुहुन्छ भने नसा झमझमाउने, पोल्ने समस्या पनि हुनसक्छ।

जुन समस्या रगतमा भिटामिन वि १२, डिको कमीको कारणले हुनेगर्छ। यिनीहरूको कमी हो भने २ देखि ६ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ।

लामो समयदेखि शरीरमा भिटामिनको कमि वा भित्र लुकेको बिमारी भयो भने नसा सम्बन्धि समस्या देखिन सक्छ।

जाँच गर्दा पनि पत्ता नलागेर ट्रायल वेसिसमा औषधि सेवन गर्दा राम्रो भयो भने रोग पत्ता लाग्छ। रिर्पोट नर्मल आए पनि बिरामीहरूको लक्षण हेरेर उपचार गनुपर्ने हुन्छ।

डाक्टर कोइराला विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल