काठमाडाैं, वैशाख २१ – काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएकाे छ। उपत्यकाका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन्।
यससँगै उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा हुने भएकाे छ। काेराेना संक्रमण दिनानुदिन बढिरहेका कारण उपत्यकामा बिहान ७ देखि ९ बजेसम्म पसल खोल्ने दिइने भएकाे छ।
प्रतिक्रिया