Logo

राजनीति

गृहमन्त्री थापालाई ‘हराउन’ कांग्रेस, माओवादी र जसपालाई माधव पक्षको साथ, को हुन् साझा उम्मेदवार?



काठमाडौं, २२ वैशाख – आगामी उपनिर्वाचनमा गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापालाई हराउन विपक्षीहरू एकजुट भएका छन्।

राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह ‘एकमत’ भएको हो

माओवादी केन्द्रका एक नेताका अनुसार गृहमन्त्री थापासँग प्रतिष्पर्धा गर्न साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने तयारी भएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार साँझ छलफल भएको छ। छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले गृहमन्त्री थापालाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको छ। एमालेले सोही पदमा थापालाई नै उम्मेदवा बनाउने निर्णय गरेको छ।

विपक्षी गठबन्धनले थापाको प्रतिष्पर्धीका रुपमा देवकोटालाई अगाडि सारेको छ। लुम्बिनी प्रदेशमा एमालेका सांसद्बाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका नेता दुगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल–नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको कांग्रेसका एक नेताले जानकारी दिएका हुन्।

देवकोटाले २०७६ असारमा बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए। देवकोटा वामराजनीतिमा लामो समयदेखि सक्रिय छन्।

केपी ओलीमाथि खतराकाे घण्टी: कांग्रेस नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल