काठमाडौं, वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा अोली आफ्नो नेतृत्वको सरकार जोगाउन दौडधुप गरिरहेका छन्। विपक्षी दलसँगै आफ्नै पार्टीका नेताहरु पनि आफूविरुद्ध उभिने संकेत देखेपछि उनी सक्रिय भएका हुन्।
ओलीले बुधबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटमा ओलीले सहयोगका देउवालाई आग्रह गरे तर देयवाले हाल सहयोग गर्न नसकिने बताए। बिहीबार ओलीले आकस्मिकरुपमा एमाले स्थायी कमिटी बैठक बोलाए। बैठकलगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास हाँक्किएका छन्।
प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत पाउनका लागि नै उनको दौडधुप बढेको हो, ओली जसपाका नेताहरुसँग पनि निरन्तर संवादमा छन्।
प्रतिक्रिया