Logo

राजनीति

माधव नेपालको ‘सन्देश’ बोकेर बालुवाटार पुगे यी तीन नेता, यस्तो जवाफ दिए ओलीले



काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक स्थगित गरेर एकताको पहल गर्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीले बोलाएको बैठक शुरु हुनुभन्दा केही समयअघि बालुवाटार पुगेका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठक स्थगित गरेर वरिष्ठ नेता नेपालसँग संवाद गर्न आग्रह गरेका हुन्।

‘एकपछि अर्को बैठक गर्दै अगाडि बढ्नुभयो भने माहोल बिग्रन्छ, एकताको पहल गर्नुहोस्,’ तीन नेताले गरेको आग्रह उद्धृत गर्दै नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने।

ओलीलाई बैठक रोकेर कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन सुझाव दिएका छन्। वरिष्ठ नेता नेपाल एकताकै पक्षमा रहेको बताउँदै तीन नेताले भने, ‘हिजोको बैठकमा हामीले एकता टुंग्याउन सार्थक पहल गर्ने नै निर्णय गरेका छौं।’

तीन नेताको कुरा सुनिसकेपछि जवाफमा ओलीले भने, ‘म सल्लाह गर्छु।’

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बहि’स्कार गरेको बैठकमा ओली समूहका नेताहरू सहभागी छन्।

शुक्रबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएको बैठक झण्डै १२ बजे शुरु भएको हो। बैठकमा ओलीसँगै उपाध्यक्ष बामदेव गौतम तथा रामबहादुर थापा, लेखराज भट्टसहित पूर्वमाओवादी नेताहरू सहभागी भएका छन्।

असार १६ गतेको ओली समूहको स्थायी कमिटी बैकठले महाधिवेशन आयोजक कमिटी विघटन गरी २०७५ जेठ ३ को केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट आएका थापासहित २० जना नेतालाई केन्द्रीय सदस्य बनाइएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको ‘केन्द्रीय कमिटीको बैठक’ बालुवाटारमा बसेको हो। बैठकका लागि बालुवाटारमा टेन्ट लगाइएको छ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै छ। पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको १३औं बैठकमा पार्टीमा उत्पन्न अन्तरवि’रोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।

महाधिवेशन आयोजक कमिटी विघटन गरेर ओलीले ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई नै निरन्तरता दिने बताए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यो ओलीको ‘चालबाजी’ मात्रै भएको निष्कर्ष निकालेको छ।

यसअघि, बिहीबार ओली र नेपाल पक्षका दोस्रो तहका नेताबीच छलफल भएको थियो। छलफलमा नेपाल पक्षले ओलीले आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो। तर, नेपाल पक्षको आग्रहलाई ओलीले सम्बोधन गर्ने मनस्थिति बनाएका छैनन्।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूत्याएएपछि एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो पटक बसेको हो।

यद्यपि, नेपाल पक्षले यसलाई ओली समूहको बैठक भनेको छ। केन्द्रीय कमिटीका ओली पक्षका नेताहरू मात्रै उपस्थित रहेको पहिलो बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १०औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो।

ओलीको उक्त निर्णयपछि नेपाल पक्षले समानान्तर कमिटी गठन गरिरहेको छ। ओली अझै पनि २०७५ जेठ २ को केन्द्रीय कमिटीमा नफर्किएको निष्कर्षसहित नेपाल पक्षले आजका बैठकमा पनि उपस्थिति नहुने निर्णय गरेको हो।

ओलीले पूर्वमाओवादीका २० जना नेतालाई केन्द्रीय सदस्य बनाएपछि नेपाल पक्षले बैठकमा नआउने प्रष्ट पारेको हो। एमालेका ओली पक्षका शीर्ष नेताहरू बैठकका लागि बालुवाटार पुगिसकेका छन्।

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल