Logo

समाचार

यी भारतीय नेपालमा बसेर यस्तो गर्दा रहेछन्, अड्डामै छापा, ३ भारतीयसहित ८ जना पक्राउ



काठमाडौं – युरोकप–२०२० र कोपा अमेरिका कप खेलहरूमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जीवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–७ घर भएका ४६ वर्षीय सुरज टिवडेवाल रहेका छन्।

भारत विहार पूर्वीचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोककुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका–५ टरौली घर भएका ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ विराटनगर नगरपालिका–७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन्।

युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइनमार्फत् ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको इन्द्रचोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका विभिन्न स्थानबाट अनलाइन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

साथै विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आइएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : २२ असार २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल