Logo

मनोरञ्जन

प्रमोद खरेलले ल्याए ‘आशा’, २४ घण्टा नबित्दै एक लाख ९१ हजारभन्दा बढी भ्यूज, ट्रेन्डिङमा (भिडियोसहित)



काठमाडौं – नेपाली आधुनिक–पप संगीतका सफल गायक प्रमोद खरेलले ‘आशा’ टाइटलमा नयाँ गीत सार्वजनिक गरेका छन्। ‘दी भ्वाइस अफ नेपाल’का निर्णायक खरेलको आफ्न युट्यूब च्यानलमार्फत् ‘आशा’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

गायक खरेल नै म्यूजिक भिडियोमा अभिनय गरेका छन्। भिडियोमा कलाकार स्नेहा थापालाई गायक खरेलसँगै देख्न सकिन्छ। गीतमा गायककै शब्द र संगीत रहेको छ।

एमबीएम फिल्मस्‌को प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन मनोजले गरेका हुन्। अर्जुन तिवारी एण्ड टिमको पोस्ट प्रोडक्सन रहेको गीतमा सञ्जीव बराइलीले म्युजिक एरेञ्ज गरेका छन्।

गायक खरेलको ‘आशा’ गीतको भिडियो छायांकन पेप्सीकोलाको टाउन प्लानिङमा गरिएको छ। ‘आशा’ गीत दर्शकले मन पराइदिएकोमा गायक खरेलले आभार व्यक्त गरेका छन्।

हेर्नुहोस् भिडियोः

प्रकाशित : २१ श्रावण २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल