Logo

मनोरञ्जन

सिद्धार्थलाई श्रद्धाञ्जली दिन शेहजानका भाईले खोपाए ट्याटु, फोटो शयर गर्दै यस्तो भने



काठमाडौं – अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधनको कारण बलिउड अहिले पनि निकै दुःख महसुस गरिरहेको छ। सिद्धार्थकी प्रेमीका शेहनाज गिल यो पीडाबाट बाहिर निस्कनका लागि कोशिश गरिरहेकी छिन्।

सिद्धार्थको निधपछि शेहनाज मात्र हैन उनको पुरै परिवार पनि निकै भावुक भएको छ। तर सबैभन्दा धेरै शहनाजका भाइ शाहबाज गिल लगातार भावुक देखिएका छन्। अहिले आएर शाहबाज गिलले एक विशेष तरीकाबाट सिद्धार्थलाइ श्रद्धाञ्जलि दिएक छन्।

यो श्रद्धाञ्जलीले त अहिले सबैलाई सिद्धार्थको स्मरण गराएको छ। उनले हालै सिद्धार्थको फोटो आफ्नो हातमा ट्याटु बनाएर आफ्नो इन्स्टाग्राममा फोटो शेयर गरे। जुन तस्वीरमा उनको हातमा सिद्धार्थको अनुहार निकै प्रष्टसँग देखिन्छ।

यो ट्याटु विशाल छ जुन ट्याटु देखेर प्रशंसकहरुले फेरि पनि एक पटक सिद्धार्थलाई सम्झिएका छन्। धेरै मानिसहरु कमेन्ट बक्समा शेहनाजको बारेमा चिन्तित छन्।

तस्वीर सेयर गर्दै शागबाजले क्याप्सनमा लेखेका छन्, ’तिम्रा यादहरु तिमी जस्तै वास्तविक हुनेछन्। तिमी सधैं मेरो मनभित्र जीवित रहनछौं। तिमि सधैं हाम्रो सम्झनामा जीवित रहनेछौँ।’

प्रकाशित : २ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल