Logo

मनोरञ्जन

दर्शकश्रोतालाई शिव परियारको दशैं गिफ्ट ‘पिउन शुरु गरेपछि’ (हेर्नुहोस् भिडियो)



काठमाडाैं – गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन्।

पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलतापछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलसहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ। सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ।

यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जली लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ। मिडिया हब प्रा. लि.बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गीतले यसपालिको चाडवार्डलाई अझ रोमाञ्चक बनाउने निश्चित छ।

महान् चार्ड वडा दशैंको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत ल्याइएको गायक परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आशीर्वादकै कारण यस गीतलाई लामो समयको प्रयासपछि बजारमा ल्याइएको बताए। उनले भने–हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौं। रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ।

समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूका लागि यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नका लागि यो गीत ल्याएका छौँ। हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मकरूपमा लिएर मााया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु।

उनले कुराकानीको क्रममा भनेका छन्, मैले आफूले रक्सी नपिए पनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु। पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया बिक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द्रमा लगायतका गीतहरूले सफलता प्राप्त गरेका छन्।

https://www.youtube.com/watch?v=1liCyUU6CS8

एसीसीबारे राजेश हमालले के भने ?

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल