Logo

समाचार

ललितपुरमा ग्यासको सिलिण्डर विष्फोट हुँदा श्रीमान्‌–श्रीमतीसहित एक परिवारका ४ जनाको मृत्यु



ललितपुर – ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट भएको छ । उक्त घटनामा ४ जना मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार बेलुका मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छिन् ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने उनले बताइन् ।

‘मृत्यु हुनेमध्ये केही निसास्सिएको पनि हुनसक्ने देखिन्छ’ उनले भनिन्, ‘विस्तृत अनुसन्धान जारी छ ।’

प्रकाशित : १९ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल