चितवन– नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी भीम रावलले १ सय ९६ मत पाए।
उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकारगरेका थिए।
त्यसपछि मतदान प्रक्रिया अघि बढाइएको थियो । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।
प्रतिक्रिया