काठमाडौं । लगानी बोर्डले सूर्यतारा सिमेन्ट परियोजना निर्माण तथा सञ्चालनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ ।
सुप्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले लगानी स्वीकृत गरेको हो । सूर्यतारा सिमेन्ट उद्योग सुर्खेतको पञ्चपुरमी स्थापना हुने छ ।
बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि ‘डीआईएजी इन्डस्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमतिपत्र दिने निर्णय गरेको छ ।यस्तै, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ ।
यस्तै बैठकले तल्लो अरुण जलविद्युत परियोजना (६6९मेवा) का सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले लगानी बोर्ड कोष स्थापना सम्बन्धी तथा सार्वजनिक निजी साझेदारी अवधारणाको डिजाइन-निर्माण-वीत्त-सञ्चालन र मर्मत डीबीएफओएम मोडलको अवधारणापत्र स्वीकृत गरी सो सम्बन्धी आवश्यक कानूनी तथा संस्थागत व्यवस्थाका लागि लगानी बोर्डको कार्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया