Logo

राजनीति

कांग्रेसको घोषणा पत्रमाथि ओलीको टिप्पणी मनगढन्ते: प्रदीप पौडेल



नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणा पत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।
उनले ओलीले कांग्रेसको चुनावी घोषणा पत्रमाथि गरेको टिप्पणीलाई मनगढन्ते, जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ को संज्ञा दिएका छन्।
राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्दहरु कुण्ठाको पराकाष्टा भएको बताउँदै नेता पौडेलले ओलीले आफ्नो सरकारले गरेका काण्डहरुलाई जति बचाउँ ग¥यो उति नाङ्गिदै जाने पनि जिकिर गरेका छन।
‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो। राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा हुनु,’ उनले ट्वििटरमा लेखेका छन्, ‘आफ्नो सरकारले गरेका काण्डहरुलाई जति बचाउँ गर्छन् उति नाङ्गिदै जान्छन्। सस्ता कुराले रक्षात्मक बनाउँछ।’

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल