Logo

आर्थिक

३४ करोडभन्दा बढीको सुपारी आयात गर्दै श्रीराम टोबाको



काठमाडौं, वैशाख १६ गते । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको श्रीराम टोबाको उद्योगले झण्डै २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ ।
उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढेको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्र्रिकटन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र समेत खुलिसकेको छ ।

उक्त परिमाणको सुपारी इण्डोनेसियाबाट खरिद गर्न लागिएको उद्योगले जनाएको छ । इण्डोनेसियामा प्रतिकिलो सुपारीको मूल्य १४७ रुपैयाँ नेपाली पर्छ ।

लामो विवादपछि गत महिना सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात कोटा निर्धारण गरेको थियो । जसमध्ये श्रीराम टोबाकोले सुपारी र अन्य ७ कम्पनीले मरिच आयातका लागि प्रक्रिया सुरु गरेका थिए ।
डाबर नेपालले केही मात्रामा मरिच आयात थालिसकेको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल