काठमाडौं जेठ १ गते । भरतपुर महानगरपालिकामा मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । ३१६८ मतगणना हुँदा रेनुले ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०६८ मत ल्याएका छन् ।
यस्तै काँग्रेसमा विद्रोह गरी बागी उम्मेदवारी बनेका जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेखदवार चित्रसेन अधिकारीको अग्रता छ । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले अधिकारीलाई पछ्याई रहेकी छिन् ।
प्रतिक्रिया