Logo

राजनीति

हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि



काठमाडौं, जेठ २ गते । कैलालीको घोडाघोडी नगरपालिका ११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका छन् ।

कडा प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए । पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए ।

मतगणना शुरु भएदेखि नै कांग्रेस र जसपाबीच कडा टक्कर थियो । अन्तिम मत परिणाममा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए । मतगणना सकिँदासम्म कांग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए ।

यता कांग्रेसका नेता कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर, मतपरिमाण घोषणा हुँदा जसपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेव जोशीले बताए ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल